डोटी, ३ जेठ : डोटीको राजपुरमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । प्रहरीले नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले महाकाली नगरपालिका–४ का ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुण्याल रहेको नक्कली चिकित्सकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको कागजातको छानबिन गर्दा क्षेत्रीको मेडिकल प्रमाणको प्रामाणिकतामा शंका उत्पन्न भएकोथियो । काठमाडौंस्थित नेपाल मेडिकल काउन्सिलले भूपेन्द्रबहादुर क्षेत्रीलाई चिकित्सकका रूपमा दर्ता नगरेको पुष्टि गरेपछि बुधबार दुवैजनाविरुद्ध मेडिकल कसुरसम्बन्धी मुद्दा दायर गरिएको हो ।
डोटी, ३ जेठ : डोटीको राजपुरमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । प्रहरीले नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले महाकाली नगरपालिका–४ का ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुण्याल रहेको नक्कली चिकित्सकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको कागजातको छानबिन गर्दा क्षेत्रीको मेडिकल प्रमाणको प्रामाणिकतामा शंका उत्पन्न भएकोथियो । काठमाडौंस्थित नेपाल मेडिकल काउन्सिलले भूपेन्द्रबहादुर क्षेत्रीलाई चिकित्सकका रूपमा दर्ता नगरेको पुष्टि गरेपछि बुधबार दुवैजनाविरुद्ध मेडिकल कसुरसम्बन्धी मुद्दा दायर गरिएको हो ।
0 टिप्पणीहरू 0 शेयरहरू 317 भिउज 0 समीक्षा